२०८३ असार ४ गते , विहीबार

मनसुनजन्य विपद्मा परी हालसम्म १९० जनाको मृत्यु, २३८ घाइते

sajilo news
झापा
२०८१ भाद्र ३ गते , सोमबार
मनसुनजन्य विपद्मा परी हालसम्म १९० जनाको मृत्यु, २३८ घाइते

अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्‍मा परी सोमवार दिउँसोसम्म १९० जनाको मृत्यु भएको छ ।

बाढी, पहिरोलगायतका विपद्‌मा परी काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३६ जना, कर्णाली प्रदेशमा १३ जना र सुदूरपश्चिम प्रदेशमा १५ जना गरी जम्मा १९० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।  

काठमाडौँ उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३८ जना, मधेश प्रदेशमा १२ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४५ जना, लुम्बिनी प्रदेशमा १८ जना, कर्णाली प्रदेशमा ५७ जना र सुदूरपश्चिम प्रदेशमा ३४ जना गरी जम्मा २ सय ३८ जना घाइते भएका छन्।

काठमाडौँ उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी जम्मा ११४ जनाको उद्धार गरिएको छ। 

बाढीपहिरोमा परी कोशी प्रदेशमा २ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ४९ जना वेपत्ता भएका छन्। 

बाढीको कारण जम्मा ३८४ घर डुबानमा परेका छन्। ३२७ वटा घर, ११२ वटा गोठ, ५१ वटा पुल, ४ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ८५२ वटा पशु चौपाय मरेको छ भने उक्त अवधिमा ४ हजार ८१९ परिवार विस्थापित भएका प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

सम्बन्धित समाचार