२०८३ असार ४ गते , विहीबार

बझाङमा पहिरो जाँदा घरभित्र च्यापिएर एकै परिवारका चारजनाको मृत्यु

sajilo news
झापा
२०८१ भाद्र ३ गते , सोमबार
बझाङमा पहिरो जाँदा घरभित्र च्यापिएर एकै परिवारका चारजनाको मृत्यु

बझाङको बुङ्‍गल नगरपालिका-१० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा घरभित्र च्यापिएका चारै जनाको शव फेला परेको छ। गयराति १ बजे एक्कासी घरमाथिबाट गएको पहिरो झरी पुरिएका काली धामी, गोल्की धामी, आसिका धामी, लक्ष्मी धामीको शव उद्धार गरी निकालिएको हो।

स्थानीय र प्रहरी चौकी झापाको टोलीको सक्रियतामा बिहान ७:२० बजे चारै जना शव पुरिएको घरभित्रबाट निकालिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।  

९ जना सदस्य रहेको उक्त घरमाथि राति १ बजे खसेको पहिरोले घर क्षतविक्षत बनाएको छ। पहिरो जानेबित्तिकै गाउँलेको प्रयासले बिरा धामी , उज्जल धामी, रोसन धामी, कमला धामी, शान्ति धामी गरी ५ जनाको तत्काल जिवितै उद्धार गरिएको थियो।

सम्बन्धित समाचार