२०८३ असार ४ गते , विहीबार

काली मन्दिर टोल विकास संस्थाको अध्यक्षमा नेपाल

sajilo news
झापा
२०८१ भाद्र २ गते , आईतबार
काली मन्दिर टोल विकास संस्थाको अध्यक्षमा नेपाल

भद्रपुर । काली मन्दिर टोल विकास संस्था भद्रपुर ७मा हुतराज(उत्तम) नेपालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । संस्थाले शनिबार आयोजना गरेको चौथो वार्षिक साधारण सभाले दुई बर्से कार्यकालका लागि नयाँ समिति चयन गरेको हो ।

गठित समितिको उपाध्यक्षमा बालकुमारी (मिना) भट्टराई,सचिवमा जीवनमणि लम्साल ,सहसचिवमा हिमा न्यौपाने र कोषाध्यक्षमा दीक्षा विश्वकर्मा चयन भएका छन्  । त्यसैगरी सदस्यहरूमा विवेक लम्साल, राम विलास सहनी मुखिया,केशव ऋषिदेव र तीर्थराज पोखरेल चयन गरिएको निर्वाचन मण्डलका संयोजक जगन्नाथ खतिवडाले बताए । कार्यसमितिको पहिलो बैठकले दुई जना सदस्य मनोनयन गर्ने गरी हाल ९ जनाको समिति गठन गरिएको उनले बताए । गठित समितिलाई निर्वतमान कार्यसमितिले पद हस्तान्तरण समेत गरेको थियो ।

संस्थाका अध्यक्ष महेश प्रसाद घिमिरेको सभापतित्व तथा भद्रपुर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष अभिषेक ढुङ्गानाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाको साँगठानिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । संस्थाका सदस्य झमकबहादुर बस्नेतले स्वागत गरेको कार्यक्रममा नग कार्यपालिका सदस्य सिता गुरागाईँ र युवाको तर्फबाट विवेक लम्सालले मन्तव्य राखेका थिए । कार्यक्रममा वडा सदस्य कुपित नारायण राजवंशी,केदार निरौला लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन उत्तम नेपालले गरेका थिए ।

सम्बन्धित समाचार