२०८३ असार ४ गते , विहीबार

हेलिकोप्टरबाट झापामा ओर्लिए प्रख्यात कालीबाबा

sajilo news
झापा
२०८१ भाद्र २ गते , आईतबार
हेलिकोप्टरबाट झापामा ओर्लिए प्रख्यात कालीबाबा

प्रख्यात कालीबाबा (कालिदास दाहाल) झापाको कनकाई आएका छन् । हेलिकोप्टर मार्फत आएका कालीबाबा भखैरै हेप्पीलेण्डमा ल्याण्ड गरेका छन् । उनलाई भव्य स्वागत गरिएको छ ।

प्राप्त सूचना अनुसार केहिवेर हेप्पीलेण्ड अवलोकन गरेर उनी झापाको धार्मिकस्थलहरु पुग्ने कार्यक्रम रहेको छ । कोटिहोम, सताक्षीधाम दर्शन गरेर उनी इलामको चेप्टी र सन्दकपुरसम्म जाने कार्यक्रम रहेको बुझिएको छ । उनको आगमनस्थलमा सुरक्षा व्यवस्था कडा गरिएको छ । उनलाई स्थानीय अगुवा र हेप्पीलेण्डका सञ्चालकले स्वागत गरेका थिए ।

इलाम प्रहरीका अनुसार औपचारिक भ्रमण बारे कुनै जानकारी छैन । प्रहरीलाई प्राप्त अनौपचारिक सूचना अनुसार चेप्टी र सन्दकपुर जाने तय भएको छ ।

सम्बन्धित समाचार