२०८३ बैशाख २४ गते , विहीबार

मेची पुलमा दुईजना पक्राउ

sajilo news
झापा
२०८१ भाद्र १ गते , शनिबार
मेची पुलमा दुईजना पक्राउ

झापा । भारतबाट लागूऔषध भित्र्याउँदै गर्दा मेची पुलमा दुईजना पक्राउ परेका छन् । शनिबार बिहान १० बजे मेचीनगर नगरपालिका वडा न. ६ स्थित पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ सिटी सफारीमा आउँदै गरेका बुद्धशान्ति ४ बुधबारे बस्ने ३१ वर्षीय द्रोणबहादुर बेघालाई लागू औषधसहित पक्राउ गरेको हो । शंका लागेर चेकजाँच गर्दा उनले लगाएको पाइन्टभित्र लुकाई छिपाई राखेको कालो रङको प्लास्टिकको पोकामा १ ग्राम ५६० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।

त्यस्तै आज बिहान १०ः३० बजे मेची पुलमै भारतबाट नेपालतर्फ सिटी सफारीमा आउँदै गरेका मेचीनगर १० शान्ति टोल बस्ने ३० वर्षीय सुरेन्द्र गुरुङ २ ग्राम ५७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् । दुवैलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार