२०८३ असार ४ गते , विहीबार
उदयपुरको कटारीमा पहिरोले ट्रक बगायो
उदयपुर कटारी १४, घुर्मीमा गएराति पहिरोले मालवाहक ट्रक बगाएको छ । दिनभरिको पर्शा अनि साँघुरो बाटो देखिएपछि चालक र सहचालक दुवै ट्रक रोकी बाटो हेर्नको लागि अगाडि जाँदा अचानक पहिरोले ट्रकलाई १५ मिटर तल खसालेको थियो । ओखलढुङ्गाबाट इटहरी तर्फ जाँदै गरेको प्र-०२-००-२ ख०१२६ नम्बरको ट्रक पहिरोलाई खसालेको र मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।