२०८३ असार ४ गते , विहीबार

विराटनगरमा कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

sajilo news
मोरङ
२०८१ श्रावण ३१ गते , विहीबार
विराटनगरमा कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

विराटनगरमा कार र मोटरसाइकल ठोक्किएर बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–३ पिपलचोकमा राति ९:३५ बजेतिर दुर्घटना भएको हो । 

उत्तरबाट आएर पूर्वतर्फ मोडिँदै गरेको को १ च ५१९१ नम्बरको कार र भित्री सडकबाट कोशी लोकमार्गतर्फ निस्कँदै गरेको मधेस प्रदेश ०१–००४ प २७८४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा मोटरसाइकल चालक मोरङको बूढीगंगा गाउँपालिका–५ का ४० वर्षीय फेकुलाल सरदारको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका सरदारलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । 

दुर्घटना लगत्तै प्रहरीले कार र चालक मोरङको पथरीशनिश्चरे नगरपालिका–१० का ४६ वर्षीय जीवन कटवाललाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए । 

सम्बन्धित समाचार