२०८३ असार ४ गते , विहीबार

भारतको ७८औँ स्वतन्त्रता दिवस : नेपाललाई दियो ६६ स्कुल बस र ३५ एम्बुलेन्स उपहार

sajilo news
काठमाडौं
२०८१ श्रावण ३१ गते , विहीबार
भारतको ७८औँ स्वतन्त्रता दिवस : नेपाललाई दियो ६६ स्कुल बस र ३५ एम्बुलेन्स उपहार

भारतले ७८औँ स्वतन्त्रता दिवसको अवसरमा नेपाललाई ६६ वटा स्कुल बस र ३५ वटा एम्बुलेन्स उपहार प्रदान गरेको छ । भारतीय दूतावासले विशेष कार्यक्रम गरी स्कुल बस र एम्बुलेन्स प्रदान गरेको हो। स्वतन्त्रता दिवसको अवसरमा प्रत्येक वर्ष नेपाललाई एम्बुलेन्स र स्कुल बस दिँदै आएको भारतले हालसम्म एक हजार ९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस प्रदान गरेको छ। 

पछिल्लो एक वर्षमा भारतीय सहयोगमा नेपालमा २५ परियोजना उद्घाटन गरिएको, ६ परियोजनामा हस्ताक्षर भएको र ९ वटा परियोजना शिलान्यास गरिएको दूतावासले जनाएको छ। गत पुसमा नेपाल र भारतका परराष्ट्रमन्त्रीस्तरीय सहमतिपछि भारतले नेपालमा परियोजनामा सिधै २० करोड खर्च गर्न पाउने व्यवस्था गरिएको छ । 

सम्बन्धित समाचार