औषधि तथा विक्री प्रतिनिधि संघले ५५ औ स्थापना दिवस मनायो
भद्रपुर । नेपाल औषधि तथा विक्री प्रतिनिधि संघले ५५ औ स्थापना दिवस बुधबार विविध कार्यक्रम गरी मनाएको छ । संघ मेची इकाइले स्थापना दिवसको अवसरमा बिर्तामोडमा मोटरसाइकल र्याली निकालिएको थियो । त्यसैगरी अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरेको थियो ।
बिर्तामोडमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै विक्री प्रतिनिधिका केन्द्रीय सचिव डुपेन्द्र रिजालले औषधि विक्री प्रतिनिधिहरूको संगठन नेपालकै पुरानो मध्येको ट्रेड युनियन रहेको भन्दै संगठनले ऐतिहासिक महत्त्व बोकेको बताए । संगठनमा आबद्ध जोकोही सदस्यहरूलाई समस्या परेको बेला मद्दत गर्ने गरेको भन्दै मेचीमा रहेका २ सय सदस्यहरूले औषधि कम्पनी उद्योग लगायतबाट समयमा तलब नपाउने कम्पनीको बढी काम लगाउने लगायताका समस्या आउने गरेको बताए । ।
कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य भूपाल निरौला, औषधि विक्री प्रतिनिधि मेचीका संस्थापक अध्यक्ष पञ्च लिम्बु, संस्थापक सचिव विनोद आचार्य, जिल्लाका पूर्व अध्यक्ष एकराज सुवेदी, सल्लाहकार हरि पौडेल लगायतले बोल्दै एमआरहरुको संगठित एकताबाट मात्रै व्यवसायी र सदस्यहरूको हक स्थापित हुन सक्नेमा जोड दिए । उनीहरूले केही ५/७ जना विक्री प्रतिनिधि बसेर मेचीमा खोलिएको यस संस्थामा हाल २ सय बढी प्रतिनिधिहरू मात्रै संगठित रहेको र संस्थागत रुपमा विभिन्न सामाजिक गतिविधि समेत गदै आएको बताए ।
सोही अवशरमा नेपाल औषधि तथा विक्री प्रतिनिधिको स्थापना दिवसका अवसरमा केक काट्नुका साथै मोटरसाइकल र्याली समेत निकालिएको थियो । बिर्तामोड बजार परिक्रमा गरी र्यालीले वृक्षारोपण गर्दै कोण सभा समेत गरेको थियो । यसैबिच पुरानो कार्यसमितिलाई सोही अवसरमा बिदाइ समेत गरिएको थियो ।
अध्यक्ष कृष्ण पौडेलको अध्यक्षतामा भएको कार्यक्रम सचिव दीपेश सङ्ग्रौलाले सञ्चालन र स्वागत वरिष्ठ उपाध्यक्ष हेमन्त निरौलाले गरेका थिए ।