२०८३ बैशाख २४ गते , विहीबार

भद्रपुरको शंकटेश्वर मन्दिरमा चोरी

sajilo news
झापा
२०८१ श्रावण ३० गते , बुधबार
भद्रपुरको शंकटेश्वर मन्दिरमा चोरी

भद्रपुर । भद्रपुर नगरपालिका-७ अन्जनीमोडस्थित शंकटेश्वर शिवपाञ्चायान मन्दिरमा गए राति पाँचौँ पटक चोरी भएको छ । मन्दिरको ग्रिल ढोकामा लगाएको ताला फुटाएर चोरले दान पेटीका चोरेर लगेको स्थानीय उर्मिला गौतमले बताइन् । 

चोरी गए राति करिब १२ र १ बजेको बिचमा भएको हुनसक्ने स्थानीयको अनुमान छ । घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय झापालाई जानकारी गराइसकेको र प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ । यस अघि पनि सोही मन्दिरमा ४ पटक चोरी भइसकेको छ । चोरी ३ महिनाको अवधिमा भएको हो । 

सम्बन्धित समाचार