२०८३ असार ४ गते , विहीबार

यी चार प्रदेशमा आज भारी वर्षा हुने

sajilo news
झापा
२०८१ श्रावण ३० गते , बुधबार
यी चार प्रदेशमा आज भारी वर्षा हुने

देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा  भारी वर्षाको पनि सम्भावना छ। राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी  प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

सम्बन्धित समाचार