२०८३ असार ४ गते , विहीबार
सप्तकोशीमा पानीको बहाव बढ्दै, खोलिए कोसी ब्यारेजका ३१ वटा ढोका
पहाडी भेगमा वर्षा भएसँगै सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजका ३१ वटा ढोका खुला गरिएको छ । मङ्गलवार दिउँसो ५ बजेको मापनअनुसार सप्तकोसीको पानीको बहाव २ लाख २३ हजार ७५५ क्युसेक प्रतिसेकेण्ड पुगेको कोशी ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ । कोशी ब्यारेजमा अहिले खतराको सङ्केतको रातो बत्ती बालिएको छ । कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्ने बित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति बत्ती बाल्ने गरिन्छ।