२०८३ असार ४ गते , विहीबार

कचनकवलमा राप्रपाको धार्मिक पदयात्रा तथा जल अर्पण कार्यक्रम सम्पन्न

sajilo news
झापा
२०८१ श्रावण २८ गते , सोमबार
कचनकवलमा राप्रपाको धार्मिक पदयात्रा तथा जल अर्पण कार्यक्रम सम्पन्न

कचनकवल । दक्षिणी झापाको कचनकवलमा स्थानीय पर्यटन प्रवर्द्धन गरौँ भन्ने मूल नाराका साथ धार्मिक पदयात्रा तथा जल अर्पण कार्यक्रम सम्पन्न गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कचनकवलको आयोजनामा यो पदयात्रा दर्शनार्थीहरुको बाक्लो सहभागिता रहेको थियो।

पदयात्रामा कोशी प्रदेश सांसद निमसरी राजवंशी, राप्रपा केन्द्रीय सदस्य अन्जार आलम, र हल्दिबारी गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देन, राप्रपा कचनकवल गाउँपालिका कमिटी अध्यक्ष लक्ष्मीनारायण यादव, राप्रपा कचनकवल गाउँ कमिटी पूर्व अध्यक्ष रविचन्द्र ओझा लगायतका दलका प्रतिनिधिहरू उपस्थित थिए। यस धार्मिक पदयात्राले धार्मिक सहिष्णुता र सामुदायिक एकता सँगसँगै स्थानीय पर्यटनको प्रवर्द्धनमा पनि योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

पदयात्रा कचनकवल(२ स्थित बगान बजारबाट सुरु भई कचनकवल १ स्थित भूतेश्वर शिवालय मन्दिरमा पुगेर समापन भएको थियो। यात्रा अवधिभर सहभागीहरूले धार्मिक गीत-सङ्गीत गाउन र भजन कीर्तन गर्न भ्याए। मन्दिरमा पुगेर दर्शन र पूजापाठ गरी यात्रा विधिवत् रूपमा समापन गरिएको थियो।

सम्बन्धित समाचार