२०८३ असार ४ गते , विहीबार

माछाभात खाएर सुतेका एकै परिवारका ३ बालबालिकाको मृत्यु

sajilo news
झापा
२०८१ श्रावण २८ गते , सोमबार
माछाभात खाएर सुतेका एकै परिवारका ३ बालबालिकाको मृत्यु

बारामा एकै परिवारका ३ बालबालिकाको मृत्यु भएको छ। फुड पोइजनका कारण सिम्रौनगढ नगरपालिका झवानी गाउँका तीन बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति माछाभात खाएर सुतेका झवानी गाउँका नरेश रामचमारको तीन नाबालक छोराछोरीको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकारी दिए।

मृत्यु हुनेमा ९ वर्षीया लालीमा राम, ७ वर्षीया पुष्पा राम तथा ५ वर्षीय कृष्णनन्दन रहेका छन् । उनीहरुले गाउँकै पोखरीबाट माछा ल्याएर खाएका थिए। मृतक तीनैजना बालबालिकाको शव पोस्टमार्टमपछि आफन्तलाई बुझाइएको डीएसपी सापकोटाले जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको उनले बताए। थाहा खबरबाट साभार

सम्बन्धित समाचार