२०८३ असार ४ गते , विहीबार

खोला तर्ने क्रममा बगाउँदा एक वृद्धको मृत्यु

sajilo news
झापा
२०८१ श्रावण २८ गते , सोमबार
खोला तर्ने क्रममा बगाउँदा एक वृद्धको मृत्यु

उदयपुरको चौदण्डीगढी नगरपालिका- ९ मा खोला तर्ने क्रममा बाढीले बगाउँदा एक वृद्धको मृत्यु भएको छ । आइतबार राती ८ बजे स्थानीय ७० वर्षीय निरबहादुर राई भडोरी खहरे खोला तर्ने क्रममा बाढीले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेल्टारबाट आवश्यक कानुनी प्रक्रिया तथा थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

सम्बन्धित समाचार