२०८३ असार ४ गते , विहीबार

रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एकको मृत्यु, तीन जना घाइते

sajilo news
झापा
२०८१ श्रावण २७ गते , आईतबार
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एकको मृत्यु, तीन जना घाइते

सोलुखुम्बुको दुधकुण्डमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा थुलुङ दुधकोशी गाउँपालिका-४ का ४० वर्षीय विष्णु राई रहेका छन् ।

शनिबार दिउँसो दुधकुण्ड- ६ स्थित जंगलमा बिद्युत् कार्यालयले हाजिरामा रुखको हाँगा काट्न स्थानीय ४० वर्षीय विष्णु राई, ५१ वर्षीय कुमार बस्नेत, ३२ वर्षीय पसी शेर्पा र ३२ वर्षीय बुद्धिराज भण्डारीलाई लगाएकोमा रुखको हाँगा काटी भर्‍याङ निकाल्ने क्रममा अचानक करेन्ट लागी घाइते भएका उनीहरूलाई उपचारार्थ जिल्ला अस्पताल फाप्लु ल्याएकोमा उपचारको क्रममा विष्णु राईको मृत्यु भएको हो ।

अन्य घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ भने घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार