२०८३ असार ४ गते , विहीबार
माछापुच्छ्रे बैंकद्वारा बाह्रदशीका विद्यार्थीलाई वित्तीय साक्षरता
बाह्रदशी । माछापुच्छ्रे बैंकले झापाको बाह्रदशीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । माछापुच्छ्रे बैंकले गाउँपालिका ३ स्थित बाह्रदशी सामुदायिक क्याम्पसमा बिहीबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
क्याम्पसमा अध्ययनरत विद्यार्थी र शिक्षकहरूलाई बचत गर्ने बानी, बैङ्किङ डिजिटल घोटालाका बारेमा जानकारी र त्यसबाट बच्ने उपायहरू, कालोसूचीमा पर्ने कारणहरू, चेक लिने बेला अपनाउनु पर्ने उपायहरूको बारेमा जानकारी गराइएको थियो ।
साथै अध्ययनका लागि विभिन्न देश जाने विद्यार्थीलाई सहुलियतपूर्ण कर्जा र एजुकेसन लोन उपलब्ध गराउने बारेमा पनि जानकारी गराइएको थियो । सो कार्यक्रमको सहजिकरण माछापुच्छ्रे बैंक बाह्रदशीका शाखा प्रबन्धक श्याम पोखरेलले गरेका थिए ।