२०८३ बैशाख २४ गते , विहीबार

दमकमा लागू औषधसहित तीन जना पक्राउ

sajilo news
झापा
२०८१ श्रावण २४ गते , विहीबार
दमकमा लागू औषधसहित तीन जना पक्राउ

झापाको दमकमा लागू औषधसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मोरङ उर्लाबारी नगरपालिका वडा नं.–१ बस्ने २३ वर्षीय पवन नेपाली, दमक नगरपालिका वडा नं.–३ बस्ने १९ वर्षीय रोहण जोगी र सोही ठाउँ बस्ने १६ वर्षीय सुमन धिमाल रहेका छन् । आज दिउँसो ३.१५ बजे दमक नगरपालिका वडा नं.–३ मा प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीले शङ्कास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा पवन नेपालीको साथबाट ट्रामाडोल ३८ ट्याब्लेट फेला परेको थियो ।

]उनलाई सोधपुछ गर्दा सुमन धिमालको घरमा अरू केही औषधीहरू रहेको खुलेपछि सुमन धिमालको घरमा समेत प्रहरी टोली खटिएर चेकजाँच गर्दा लुकाई छिपाई राखेको अवस्थामा ट्रामाडोल ट्याब्लेट र एन्टीकफ ११६ ट्याब्लेट फेला परेको थियो । तीन जनालाई नै नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार