२०८३ असार ४ गते , विहीबार
हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका चारै जना चिनियाँ नागरिक रसुवा नाकाबाट भित्रिएका थिए
एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका चार जना चिनियाँ पर्यटक रसुवाको केरुङ नाकाबाट नेपाल भित्रिएको पाइएको छ। उनीहरू सोमबार बिहान ९ बजे रसुवा नाकाबाट नेपाल प्रवेश गरेका थिए। उनीहरू बहुप्रवेशी भिसामा नेपाल आएका थिए।
हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउनेमा तीन पुरुष र एक महिला छन्। जसमा ३८ वर्षीय जुताओ ताङ, ३६ वर्षीय जी ली, ४१ वर्षीय जेमिङ सी र महिला ३१ वर्षीया वु यीयाओ रहेका छन्। मृतकमध्ये तीन पुरुष सिचुवान प्रान्तका हुन् भने महिला ग्वान्झाउकी हुन्।
क्याप्टेन अरुण मल्लले उडाएको एयर डाइनेस्टीको नाइएन-एजेडी कलसाइन हेलिकोप्टर बुधबार नुवाकोटको सूर्यचौरमा दुर्घटना भएको थियो। काठमाडौँबाट रसुवा स्याप्रुबेसी उडेको हेलिकोप्टर उडेको केही मिनेटमै दुर्घटना भएको थियो।