२०८३ असार ४ गते , विहीबार
बिर्तामोडमा भेटिएको अजिंगरको उद्धार
झापाको बिर्तामोड नगरपालिका-७ डाडागाउँमा अजिङ्गर फेला परेको छ । स्थानीय रत्न कार्कीको स्टोर रुममा अजिङ्गर भेटिएको हो । अस्थायी प्रहरी चौकी गरामनी र डिभिजन वन कार्यालय भद्रपुरको टोलीले उद्धार गरी अन्दाजी १० केजी तौल र करिब २ मिटर लम्बाइको सो अजिङ्गरलाई सुन्दर निचाझोडा सिमसारमा लगेर छोडिएको डिभिजन वन कार्यालयकी सूचना अधिकारी अन्जना पुरीले जानकारी दिइन् ।