२०८३ असार ४ गते , विहीबार

काठमाडौंबाट उडेको एयर डानेस्टीको हेलिकोप्टर दुर्घटना, क्याप्टेनसहित पाँच जनाको मृत्यु 

sajilo news
काठमाडौं
२०८१ श्रावण २३ गते , बुधबार
काठमाडौंबाट उडेको एयर डानेस्टीको हेलिकोप्टर दुर्घटना, क्याप्टेनसहित पाँच जनाको मृत्यु 

एयर डानेस्टीको हेलिकोप्टर दुर्घटनामा क्याप्टेनसहित पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा क्याप्टेन अरुण मल्ल र चार चिनियाँ पर्यटकको मृत्यु भएको हो। नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले हेलिकोप्टरमा सवार पाँच जनाकै मृत्यु भएको पुष्टि गरे।
चिनियाँ पर्यटकको नाम खुल्न सकेको छैन।

बुधबार चार जना पर्यटक लिएर हेलिकोप्टर काठमाडौंबाट रसुवाको स्याप्रुबेसी जाँदै थियो। स्याप्रुबेसीमा चिनियाँ पर्यटकलाई छाडेर त्यहाँ रहेका अन्य पर्यटकलाई काठमाडौं ल्याउन हेलिकोप्टर त्यसतर्फ गएको थियो।  हेलिकोप्टर नुवाकोटको सूर्यचौरमा दुर्घटना भएको थियो। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।

सम्बन्धित समाचार