२०८३ असार ४ गते , विहीबार

आजको मौसम : यी दुई प्रदेशमा धेरै वर्षाको सम्भावना

sajilo news
झापा
२०८१ श्रावण २१ गते , सोमबार
आजको मौसम : यी दुई प्रदेशमा धेरै वर्षाको सम्भावना

देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी तराईका भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। 
  
दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

राति देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

कोशी, मधेश र बागमतीका थोरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। 

सम्बन्धित समाचार