२०८३ असार ४ गते , विहीबार
भद्रपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालक घाइते
भद्रपुर । भद्रपुर नगरपालिका-१० स्थित धनुषमोड चोकमा टिपरको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन् । चन्द्रगढीबाट चारआली तर्फ जाँदै गरेको मे १ ख २८५७ नम्बरको टिपरले बिर्तामोडबाट चन्द्रगढीतर्फ आउँदै गरेको प्र-१-१०-१६ प ३१४४ नम्बरको मोटरसाइकललाई आइतबार बिहान ठक्कर दिएको थियो ।
मोटरसाइकल चालक भद्रपुर नगरपालिका ६ गिरी चोकका २४ वर्षीय विजय शङ्कर यादव घाइते भएका छन् । उनको दाहिने खुट्टा भाँचिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइतेको अोमसाइ पाथीभरा हस्पिटल भद्रपुरमा उपचार भइरहेको छ भने टिपर चालक फरार रहेको प्रहरीले जनाएको छ ।