२०८३ असार ४ गते , विहीबार

स्कुल बसको ठक्करबाट साइकलमा सवार एक जनाको मृत्यु

sajilo news
मोरङ
२०८१ श्रावण २० गते , आईतबार
स्कुल बसको ठक्करबाट साइकलमा सवार एक जनाको मृत्यु

स्कुलबसले ठक्कर दिँदा मोरङको रंगेलीमा साइकलमा सवार एक व्यक्तिको मृत्यु भएको छ। विद्यार्थी लिन विराटनगरबाट पूर्वतर्फ जाँदै गरेको अरनिको आवासीय माविको को १ क १७०० नम्बरको बसले ठक्कर दिँदा आइतबार बिहान पौने १० बजेतिर रंगेली नगरपालिका– २ स्थित चेका पुलमा साइकलमा सवार धनपालथान गाउँपालिका– ३ मायागन्जका ५५ वर्षीय जगन्नाथ ठाकुरको मृत्यु भएको हो।

बससहित बसका चालक झापा कन्काई नगरपालिका– १ का ५७ वर्षीय इन्द्रप्रसाद मिश्रलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको मोरङ प्रहरी प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतले बताए।

सम्बन्धित समाचार