२०८३ असार ४ गते , विहीबार
पम्प सेट चलाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
मोरङको बूढीगंगा गाउँपालिका– २ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १६ वर्षीय आकाश ऋषिदेव रहेका छन् । हिजो दिउँसो साढे ११ बजे आफ्नै घरनजिकै रहेको बसता खोलामा खेतीको लागि लगाएको मोटर पम्प सेट चलाउने क्रममा अचानक करेन्ट लागेर उनी घाइते भएका थिए ।
उनलाई उपचारको लागि विराट टिचिङ अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।