२०८३ असार ४ गते , विहीबार

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

sajilo news
रासस
२०८१ श्रावण १९ गते , शनिबार
ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

इनरुवा  ।  सुनसरीको इटहरी उपमहानगरपलिका-६ पूर्व-पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।  इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश नं १-०२-००१ ख ९२९४ नम्बरको ट्रकले ठक्कर दिँदा भोजपुरको षडानन्द नगरपालिका-१४ का ४२ वर्षीय रामचन्द्र श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनी इटहरी-४ स्थित दिदीको घरमा बस्दै आएका थिए । 

ट्रक चालक धरान–१३ का ४५ वर्षीय गोविन्दबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार