२०८३ असार ४ गते , विहीबार

झापाको हल्दिबारीमा पिकअप गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु 

sajilo news
झापा
२०८१ श्रावण १७ गते , विहीबार
झापाको हल्दिबारीमा पिकअप गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु 

झापा । झापाको हल्दिबारीमा पिकअप भ्यान गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । हल्दिबारी गाउँपालिका-५ सोडागान्धी चोकस्थित हुलाकी राजमार्गमा बिहीबार साँझ ७:१५ बजे राजगढवाट जलथलतर्फ जाँदै गरेको गरेको मे १ ज ३२६१ नम्बरको पिकअप गाडीले जलथलवाट राजगढतर्फ जाँदै गरेको मे ९ प ९६८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

मोटरसाइकल चालक र सोही मोटरसाइकलमा सवार गरी दुवै जनाको मृत्यु भएको र मृतकहरूको पहिचान भने नखुलेको उनले बताए ।  अन्दाजी २५ देखि ३० वर्षका दुवै घाइतेलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा उपचारको क्रममा राति ८ बजे चिकित्सकले मृत घोषित गरेको उनको भनाई छ ।  पिकअप र पिकअप चालक भद्रपुर नगरपालिका २ बस्ने ३७ वर्षीय दिपेन राईलाई जिल्ला प्रहरी कार्यालय झापाले नियन्त्रणमा लिएको छ । 

सम्बन्धित समाचार