२०८२ बैशाख १२ गते , शुक्रबार
दुई वटा साईकल ठोक्किँदा एक जनाको मृत्यु

उदयपुरको त्रियुगा नगरपालिका- ३ मा दुई वटा साईकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । बुधबार अपराह्न साढे ४ बजे गाईघाटबाट जलजले तर्फ जाँदै गरेको साइकल र विपरीत दिशाबाट आउँदै गरेको अर्को साइकलसँग ठक्कर खादा दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएका साइकल चालक त्रियुगा- ५ का २५ वर्षीय विनोद बिस्टलाई उपचारको लागि न्युरो अस्पताल विराटनगर लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो । अर्का साइकल चालक उदयपुरगढी गाउँपालिका- ८ घर भई हाल त्रियुगा नगरपालिका ३ स्थित मामा घरमा बस्दै आएका १७ वर्षीय दिनेश कार्कीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको छ ।