२०८२ असार २ गते , सोमबार
ब्राउन सुगर भित्र्याउन खोज्ने एक भारतीय कारोबारी पक्राउ

झापा गाउँपालिकास्थित सीमा क्षेत्रबाट लागू औषध भित्र्याउन खोज्ने एक भारतीय कारोबारी पक्राउ परेका छन् । हिजो साँझ ५ बजे झापा गाउँपालिका-४ टाँघनडुब्बास्थित इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका भारत किसनगंज जिल्ला सतकुवा दिंगलबैक पञ्चायत वडा न.१ बस्ने ३६ वर्षीय सोमाई किस्कुलाई लागू औषधसहित पक्राउ गरेको हो ।
उनलाई चेकजाँच गर्दा लुकाई छिपाई ल्याउँदै गरेको प्लास्टिकसहित २० ग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको डीएसपी कृष्णकुमार चन्दले बताए ।