२०८३ असार ४ गते , विहीबार

कनकाई अस्पतालको क्यान्टिनमा आगलागी, एक महिला घाइते

sajilo news
झापा
२०८१ श्रावण १६ गते , बुधबार
कनकाई अस्पतालको क्यान्टिनमा आगलागी, एक महिला घाइते

बिर्तामोड। झापाको बिर्तामोडस्थित कनकाई अस्पतालको क्यान्टिनमा आगलागी भएको छ । बुधबार दिउँसो ४ बजे अस्पतालको क्यान्टिनमा ग्यास सिलिन्डर अचानक पड्किएर आगलागी भएको हो । आगलागीबाट सोही क्यान्टिनमा कार्यरत बाह्रदशी गाउँपालिका ६ का ४१ वर्षीया सिता धमला घाइते भएकी छन् ।

दुवै खुट्टामा सामान्य जली घाइते धमलाको सोही अस्पतालमा सामान्य उपचारपश्चात् डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ । त्यस्तै क्यान्टिनभित्र रहेको एउटा फ्यान, एउटा सिलिन्डर र एउटा र्‍याक जल्दा अन्दाजी १५ हजार बराबरको क्षति भएको छ । प्रहरी र सोही अस्पतालका कर्मचारीको सहयोगमा आगो निभाउने यन्त्र र पानी प्रयोग गरी आगो पूर्ण रुपमा नियन्त्रणमा आएको बताइएको छ ।

सम्बन्धित समाचार