२०८३ असार ४ गते , विहीबार

सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसमा ७७ पिन्ट रगत संकलन

sajilo news
झापा
२०८१ श्रावण १५ गते , मंगलबार
सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसमा ७७ पिन्ट रगत संकलन

भद्रपुर । नेपाल निजामती कर्मचारी संगठन झापा र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था भद्रपुरको आयोजनामा मंगलबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

सहिद मनोज झपेन्द्र सुरेन्द्र स्मृति दिवसको अवसरमा भद्रपुरस्थित संगठनको कार्यालय परिसरमा भएको रक्तदान कार्यक्रममा ७७ पिन्ट रगत संकलन भएको संगठनका अध्यक्ष केदार पोख्रेलले जानकारी दिए । प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी झापा शाखाले गरेको थियो ।

संगठनका झापा अध्यक्ष पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संगठन कोशी प्रदेश इन्चार्ज लक्ष्मीप्रसाद गुरागाईँ, भद्रपुर नगर उपप्रमुख राधा कार्की, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, संगठनका पूर्वकेन्द्रीय उपाध्यक्ष देवराज कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष वशिष्ठ अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन संगठनका सचिव कृष्ण सुवेदीले गरेका थिए ।

सम्बन्धित समाचार