२०८३ बैशाख २४ गते , विहीबार

दुर्गेश थापाको तीज गीत ‘झुम्का हरायो’ सार्वजनिक

sajilo news
काठमाडौं
२०८१ श्रावण १५ गते , मंगलबार
दुर्गेश थापाको तीज गीत ‘झुम्का हरायो’ सार्वजनिक

पशुपति शर्मा र शान्तिश्री परियारको स्वरमा रहेको तीज गीत ‘झुम्का हरायो’ सार्वजनिक भएको छ । दुर्गेश थापाको शब्द तथा संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

दुर्गेश स्वयंले निर्देशन र गम्भीर विष्टको कोरियोग्राफी रहेको गीतको भिडियोमा दुर्गेशलाई अभिनेत्री प्रियंका कार्कीको अपोजिटमा देख्न सकिन्छ भने दुई जोडी फिचर्ड गीतमा मोडल तथा तिब्बतीयन गायक पेमा लामासँग मोडल टर्न अभिनेत्री गरिमा शर्माले कम्मर मर्काएकी छिन् ।

गीतमा रूपेश थापाको छायांकन छ भने सम्पादन मिलन विश्वकर्माको छ । नाइडोल प्रोडक्सनको तर्फबाट छिरिङ लामाले भिडियोलाई निर्माण गरेका हुन् ।
 

सम्बन्धित समाचार