२०८३ असार ४ गते , विहीबार

बिर्तामोडको शनिश्चरे रोडमा बाँस तेर्स्याएर सडक अवरुद्ध

sajilo news
झापा
२०८१ श्रावण १५ गते , मंगलबार
बिर्तामोडको शनिश्चरे रोडमा बाँस तेर्स्याएर सडक अवरुद्ध

बिर्तामोड  ।  झापाको बिर्तामोडस्थित शनिश्चरे रोडको टाटा सोरुमदेखि महानन्द चोकसम्मको मुख्य बाटो स्थानीयवासीहरूले अवरुद्ध गरेका छन् । मङ्गलबार बिहान ११ बजेर ३० मिनेटमा स्थानीयबासीले शनिश्चरे रोडको करिब ५ सय मिटर क्षेत्र भित्र बास लगायत विभिन्न बस्तुहरू राखेर सडक अवरुद्ध पारेका हुन । 

सङ्घीय सरकार अन्तरगतको बजेटमा ठेक्का लागेको उक्त सडक पुन निर्माणको कार्य गर्न निर्माण पक्षले ढिलासुस्ती गरेका कारण आवागमनमा समस्या पैदा भएको र सडक निर्माण कार्य द्रुत गतिका अगाडि बढाउन दबाब सृजना गर्ने उद्देश्यले सडक बन्द गरिएको स्थानीय  विक्रमराज भण्डारीले बताए । 

केही सञ्चारमाध्यमहरूले  प्रायोजित रुपमा टाटा सोरुमबाट शनिश्चरेसम्म कालोपत्रे गरेको भनी झुटा समाचार समेत प्रसारण गरेको भन्दै जनताको भावनामाथि खेलबाड गर्ने छुट कसैलाई पनि छैन भन्दै स्थानीय राजेश पौडेलले आक्रोश व्यक्त गरेका छन् ।  सडक अवरुद्ध गर्नको लागि स्थानीय १५ जना युवाहरू सडकमै तैनाथ रहेका छन् । हाल सडक आबद्ध लाई समर्थन गर्दै सडकमा स्थानीयको उपस्थिति बाक्लिँदै गएको छ ।  

सम्बन्धित समाचार