२०८३ असार ४ गते , विहीबार

उत्कृष्ट कार्य सम्पादन गर्ने झापाका एसपी मिलन केसी पुरस्कृत

sajilo news
झापा
२०८१ श्रावण १४ गते , सोमबार
उत्कृष्ट कार्य सम्पादन गर्ने झापाका एसपी मिलन केसी पुरस्कृत

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख (एसपी) मिलन केसी उत्कृष्ट प्रहरी अधिकृतको रुपमा पुरस्कृत भएका छन् ।  उनी कार्य सम्पादनका हिसाबले कोशी प्रदेशबाट प्रथम भएका हुन् । 

एसपी मिलन केसीले विभागीय मुल्य–मान्यता आदेश– निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ मौजदा कानुनको अक्षरस पालना गरी अपराध अनुसन्धान एवं नियन्त्रणको क्षेत्रमा विशेष योगदान फु¥याएको भनी उनलाई कोशी प्रदेश कार्यालयले हालै पुरस्कृत गरेको हो । 

आफूलाई दिइएको जिम्मेवारी त्रुटिरहित ढङ्गबाट सम्पादन गरी साथै समुदाय प्रहरी साझेदारी अन्तर्गत स्थानीय स्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी जनसम्पर्क स्थापना गर्दै आफू मातहतका प्रहरी कर्मचारीहरूलाई उचित तवरबाट परिचालन गरी आफ्नो एरिया इलाकाको शान्ति सुरक्षा अमन–चयन कायम राख्ने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गरी आम जनमानसमा शान्ति सुरक्षाको अनुभूति हुने गरी प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेको भन्दै उनलाई नगद रु १ हजार ५ सय सहित प्रदेश प्रहरी प्रमुख चन्द्र कुबेर खापुङले पुरस्कृत गरेका हुन् । 

उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम १९७ को देहाय (ख) बमोजिम झापा प्रहरी प्रमुख एसपी सहित पाँचथरका डिएसपी हेमन्त भण्डारी क्षेत्री र सङ्खुवासभाका डिएसपी घनश्याम श्रेष्ठलाई जनही नगद रु १ हजार ४ सय सहित पुरस्कृत गरिएको कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी  खापुङद्धारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

एसपी केसीले पाएको नगद पुरस्कारको अभिलेख जनाइदिन भन्दै कोशी प्रदेश प्रहरी कार्यालयले  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय किताब खाना (प्रहरी) लैनचौर, काठमाडौँलाई पत्र लेखेको छ ।

सम्बन्धित समाचार