२०८३ असार ४ गते , विहीबार
स्कुल बस दुर्घटनामा परी दुई जनाको मृत्यु
पोखरा महानगरपालिकामा भएको विद्यालय बस दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। पोखरा– २१ का ६ वर्षीय प्रिन्स विकको उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्। यसअघि पोखरा– २१ बस्ने विद्यालयको कार्यालय सहयोगी वर्ष ३३ की आरती विकको उपचारका क्रममा मृत्यु भएको थियो।
एलपी देवकोटा मेमोरियल स्कुलको ग १ ख ६२१९ नम्बरको बस पोखरा– २१ रामदीबाट बिरौटा फर्कने क्रममा फुर्सेखोलानजिकै दुर्घटना भएको हो। घुम्ती पार गर्ने क्रममा ब्रेक फेल भएर बस सडकदेखि करिब ६० मिटर तल खसेको थियो। दुर्घटनामा चालकसहित २७ जना घाइते भएका थिए।