२०८३ असार ४ गते , विहीबार
तिरिङ खोलामा अवैध उत्खनन, दुई वटा ट्याक्टर नियन्त्रणमा
अवैध रुपमा नदीजन्य वस्तु बालुवा लोड गरी बुधवारेतर्फ ल्याउँदै गरेको अवस्थामा दुई वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।आइतबार दिउँसो साढे २ बजे इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले बुद्धशान्ति गाउँपालिका-२ जयपुरस्थित तिरिङ खोलाबाट अवैध रुपमा नदीजन्य वस्तु बालुवा लोड गरी बुधवारेतर्फ ल्याउँदै गरेको अवस्थामा को २ त ५१८८ र प्र १–०१–००२ त ०११२ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।
ती सवारीसाधनलाई आवश्यक कारबाहीको लागि बुद्धशान्ति गाउँपालिकामा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।असारदेखि भदौसम्म नदीजन्य वस्तु उत्खनन गर्न रोक लगाइएको छ ।