२०८३ असार ४ गते , विहीबार

आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

sajilo news
झापा
२०८१ श्रावण १४ गते , सोमबार
आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर साधारणतया बदली रहँदा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ। कोशी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। मधेश प्रदेशका थोरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

राति देशभर साधारणतया बदली रहनेछ। सातवटै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै  स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार