२०८३ असार ४ गते , विहीबार

अमेरिकामा गोली हानी एक नेपाली युवकको हत्या

sajilo news
झापा
२०८१ श्रावण १४ गते , सोमबार
अमेरिकामा गोली हानी एक नेपाली युवकको हत्या

अमेरिकाको टेक्ससमा लुटेराहरूको एक समूहले नेपालीको हत्या गरेका छन्। टेक्ससको वेको सिटी नजिक हाइवे–३५ को मा अवस्थित ग्यास स्टेशनमा काम गर्ने ३० वर्षीय दीपक वलीको हत्या भएको हो। उनी रुकुम बाफीकोटका भएको जनाइएको छ। 

स्थानीय समयअनुसार बिहान ५ बजे उनको गोली हानी हत्या भएको बताइएको छ। हत्यामा तीन जना लुटेराको समूह संलग्न थियो। घटनाको बारेमा उनको परिवारलाई जानकारी गराइसकिएको छ।

सम्बन्धित समाचार