२०८३ बैशाख २४ गते , विहीबार

बुद्धशान्तिका दाजुभाइ ब्राउन सुगरसहित पक्राउ

sajilo news
झापा
२०८१ श्रावण १४ गते , सोमबार
बुद्धशान्तिका दाजुभाइ ब्राउन सुगरसहित पक्राउ

झापा बुद्धशान्तिका दाजुभाइ लागू औषधसहित पक्राउ परेका छन् । आइतबार साँझ ७ बजे बुद्धशान्ति गाउँपालिका-४ सट्टाभर्नामा लागू औषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले स्थानीय २५ वर्षीय सम्बर राईलाई शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट प्लास्टिकसहित १ ग्राम ८२० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।

सम्बरसंगै कोठामा रहेका उनका भाइ २३ वर्षीय सुरेन्द्र राई समेतलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार