२०८३ असार ४ गते , विहीबार

झापामा मोटरसाइकल दुर्घटना : बुबाको मृत्यु, छोरा घाइते

sajilo news
झापा
२०८१ श्रावण १३ गते , आईतबार
झापामा मोटरसाइकल दुर्घटना : बुबाको मृत्यु, छोरा घाइते

झापा । झापामा मोटरसाइकल दुर्घटना हुँदा बुबाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । झापा गाउँपालिका–३ फुलगाछी चोकस्थित कुमरखोद–सुरुङ्गा सडक खण्डमा आइतबार दिउँसो १२ः४५ बजेको समयमा सुरुङ्गाबाट झापातर्फ जाँदै गरेको प्रदेश १–०१–०१६–१६१२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मोटरसाइकल चालक सोही ठाउँका ५४ वर्षीय निजामुदिन मियाँ र मोटरसाइकलमा पछाडि सवार उनका छोरा १९ वर्षीय सालेमान मियाँ घाइते भएका थिए । घाइतेहरूलाई तत्काल उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको थियो । अस्पताल पुर्याएलगतै डाक्टरले चेकजाँच गर्दा चालक निजामुदिनको मृत्यु भइसकेको थियो ।  बायाँ हातमा चोट लागेका घाइते सालेमानको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
 

सम्बन्धित समाचार