मेचीनगरका दुई युवा ब्राउन सुगरसहित पक्राउ
मेचीनगरका दुई युवा ब्राउन सुगरसहित पक्राउ परेका छन् । आज बिहान ९ः४५ बजे मेचीनगर-६ स्थित पुरानो मेची पुलमा लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका मेचीनगर- ७ बस्ने २८ वर्षीय झकबहादुर खड्कालाई शंका लागेर चेकजाँच गर्दा प्लास्टिकले पोका पारेर बायाँ हातको हत्केलामा मुठ्ठी पारी लुकाई राखेको ५ ग्राम ५७० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।
उनलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त ब्राउन सुगर मेचीनगर- ७ बस्ने ३० वर्षीय खड्गबहादुर दर्जीले भारतबाट खरिद गरी काँकडभिट्टासम्म पुर्याइदिनु भनी पठाएका थिए ।
खोजतलास गर्ने क्रममा मे.२ प. ८५४१ नम्बरको मोटरसाइकलमा आउँदै गर्दा दर्जीलाई समेत नियन्त्रणमा लिई दुवैलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।