२०८३ असार ४ गते , विहीबार

चर्चित लोक गायक एलपी जोशीको निधन

sajilo news
झापा
२०८१ श्रावण १० गते , विहीबार
चर्चित लोक गायक एलपी जोशीको निधन

पूर्वका चर्चित लोक गायक एलपी जोशीको निधन भएको छ । आज राति ८.३० बजे दमकस्थित लाइफलाइन हस्पिटलमा उनको निधन भएको हो । दमक १ निवासी जोशीले ‘रिटिङ रिटिङ नबजाउ बिनायो….वल्लो खोलो पल्लो खोलो…’जस्ता चर्चित लोक गीत गाएका थिए ।

एल.पी.जोशीको पूरा नाम लक्ष्मीप्रसाद जोशी हो । उनी नेपाली लोकगीत क्षेत्रमा पूर्वेली लोकगीतका एक लोकप्रिय गायक कलाकार हुन् । उनले आफै संकलन गरेर रेडियो नेपालमा गाएका गीतहरु कालजयी भएका छन् ।

सम्बन्धित समाचार