२०८३ बैशाख २४ गते , विहीबार

मोटरसाइकलको हेलमेटभित्र ब्राउन सुगर लुकाएर ल्याउने लिम्बु मेची पुलमा समातिए

sajilo news
झापा
२०८१ श्रावण १० गते , विहीबार
मोटरसाइकलको हेलमेटभित्र ब्राउन सुगर लुकाएर ल्याउने लिम्बु मेची पुलमा समातिए

झापा । भारतबाट मोटरसाइकलको हेलमेटभित्र ब्राउन सुगर लुकाएर भित्राउन खोज्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका- ४ का ४१ वर्षीय धनबहादुर लिम्बू रहेका छन् । 

बुधबार साँझ ६ बजे मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेची पुलमा लागू औषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका बा ५३ प १२४५ नम्बरको मोटरसाइकल चालक लिम्बूलाई शंका लागेर चेकजाँच गर्दा प्लास्टिकमा पोका पारी हेलमेटभित्र लुकाएर राखेको प्लास्टिकसहित २ ग्राम ७५० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।

लिम्बूलाई नेपाली नगद १० हजार र मोटरसाइकलसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

सम्बन्धित समाचार