२०८३ असार ३ गते , बुधबार

कचनकवलमा करेन्ट लागेर साहकाे मृत्यु

sajilo news
झापा
२०८१ श्रावण १० गते , विहीबार
कचनकवलमा करेन्ट लागेर साहकाे मृत्यु

झापाको कचनकवल गाउँपालिका- ४ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

गएराति पौने ९ बजे वडा नं ४ बस्ने तुलाराम साहका १६ बर्षीय छोरा विशालकुमार साहको करेन्ट लागेर मृत्यु भएको हो । 

घरको भान्सामा नाङ्गो तारमा छुन पुग्दा अचानक करेन्ट लागेर घाइते भएका उनलाई तत्काल उपचारको लागि प्राथमिक उपचार केन्द्र बनियानीतर्फ लैजादै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बनियानीले जनाएको छ ।

आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि पठाइने जनाइएको छ ।

सम्बन्धित समाचार