२०८३ असार ३ गते , बुधबार

बंगलादेश पढ्न गएका १०४५ विद्यार्थी काँकडभिट्टा नाकाबाट फर्किए

sajilo news
झापा
२०८१ श्रावण १० गते , विहीबार
बंगलादेश पढ्न गएका १०४५ विद्यार्थी काँकडभिट्टा नाकाबाट फर्किए

पूर्वी नाका काँकडभिट्टा हुँदै बंगलादेशबाट आज पनि २७ जना विद्यार्थी स्वदेश फर्किएका छन् । योसंगै काँकडभिट्टा नाकाबाट १०४५ जना विद्यार्थी बंगलादेशबाट फर्किएको अध्यागमन कार्यालय काँकडभिट्टाले जनाएको छ । फर्किनेहरुमा ६१३ छात्र र ४३२ जना छात्रा रहेका छन् ।

बंगलादेशबाट मंगलबारसम्म १४ सय नेपाली विद्यार्थी स्वदेश फर्किएका थिए । बंगलादेशमा केही दिनयता आरक्षण कोटाविरुद्धको आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीहरू स्वदेश फर्किने क्रम जारी छ । प्रदर्शनमा पक्राउ पर्नेको संख्या २ हजार ५०० नाघेको छ भने कम्तीमा १७४ जनाको मृत्यु भएको बताइएको छ । मर्नेमा कयौँ प्रहरी अधिकारीसमेत रहेका छन् ।

बंगलादेशमा आन्दोलन मत्थर भएसँगै त्यहाँस्थित नेपाली विद्यार्थी अब स्वदेश फर्किनुपर्ने अवस्था नरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार