२०८३ बैशाख २४ गते , विहीबार

मानव बेचबिखनमा संलग्न युट्युबर खरेल पक्राउ

sajilo news
झापा
२०८१ श्रावण ९ गते , बुधबार
मानव बेचबिखनमा संलग्न युट्युबर खरेल पक्राउ

मानव बेचबिखनमा संलग्न युट्युबर पक्राउ परेका छन्। मानव बेचबिखन अनुसन्धान व्युरोले २० वर्षीय कुशल खरेललाई पक्राउ गरेको हो। 

आर्थिक अवस्था कमजोर भएका बालिकाहरूलाई होटलमा वेटरको काम लगाइदिने प्रलोभन देखाएर खरेलले ग्राहकहरूसँग बस्न लगाएको प्रहरी अनुसन्धानमा देखिएको छ। भक्तपुरको जडिबुटीमा सञ्चालित सिन्धुली होटल ढिँडो सर्भिस एन्ड गेस्ट हाउसमा काम लगाइदिने भन्दै खरेलले बालिकाहरूलाई शारीरिक शोषण गर्नेगरेको प्रहरीको भनाइ छ।

खरेल आफैंले पनि बालिकाहरूलाई शारीरिक शोषण गर्दै आएको पीडितहरूले बताएका छन्। प्रहरीले उक्त होटलबाट अस्थायी साधन, प्रेगनेन्सी टेस्ट किट, गर्भ निरोधक औषधिसमेत फेला पारेको छ। 

प्रहरीले सोही घटनामा बीरबहादुर सिंतान र सुबिलाल सिंतानलाई पनि पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई भक्तपुर प्रहरी परिसरमा पठाउने तयारी भएको व्युरोका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

सम्बन्धित समाचार