२०८३ असार ३ गते , बुधबार

इनरव्हील क्लब भद्रपुरको तेस्रो पदस्थापन कार्यक्रम सम्पन्न, अध्यक्षमा प्रमीला

sajilo news
झापा
२०८१ श्रावण ८ गते , मंगलबार
इनरव्हील क्लब भद्रपुरको तेस्रो पदस्थापन कार्यक्रम सम्पन्न, अध्यक्षमा प्रमीला

भद्रपुर । सामाजिक संस्था इनरव्हील क्लब अफ भद्रपुरको तेस्रो पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । भद्रपुरमा आयोजित एक कार्यक्रमका बीच नवनिर्वाचित क्लबकी अध्यक्ष प्रमीला (परि) ढकाल ओझालाई पदस्थापन गराइएको छ । उनलाई क्लबकी निवर्तमान अध्यक्ष निर्मला निरौला खड्काले पदस्थापन गराएकी थिइन् । 

क्लबकी नवनिर्वाचन अध्यक्ष ओझाले क्लबले अघि सारेका योजनाहरू पुरा गर्न नवनिर्वाचित कार्यसमितिले योजनाबद्ध रुपमा कार्य गर्ने बताउँदै आफूले प्राप्त गरेको यो अवसरलाई अवसरको रुपमा मात्रै नलिई महिला र बालबालिकाको अधिकारसँगै उनीहरूको सेवामा आफ्नो क्रियाशीलता बढाउने प्रतिबद्धता जाहेर गरिन् ।

उनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा समेत क्लबले कार्यक्रमहरू अघि सार्ने जनाउँदै क्लबका सदस्यहरूको क्षमता अभिवृद्धि लगायतका कार्यक्रमहरू समेत योजना अनुरूप तय गरिने अध्यक्ष ओझाले बताइन् ।

इनर ह्विल डिस्ट्रिक्ट ३५० नेपालका अध्यक्ष आशाकुमारी श्रेष्ठको प्रमुख आतिथ्य तथा भद्रपुर नगरकी उपप्रमुख राधा कार्कीको विशेष अतिथि रहेको पदस्थापन कार्यक्रममा क्लबकी निवर्तमान अध्यक्ष खडकाले आफ्नो कार्यकालमा सहयोग गर्नेहरू प्रति आभार व्यक्त गर्दै सामाजिक सेवामा समर्पित क्लबले अघि सारेका विभिन्न कार्यक्रमहरू सम्पन्न गर्न नव निर्वाचित कार्यसमिति सफल हुने विश्वास व्यक्त गरिन् ।

सोही कार्यक्रममा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान गरे बापत शिक्षक रेणुका राईलाई सम्मानित गरिएको थियो । क्लबका सचिव दिछेन शेर्पाले सञ्चालन गरेको कार्यक्रममा रोटरी क्लब अफ भद्रपुरका अध्यक्ष सञ्जय पोखरेललगायतले शुभकामना मन्तव्य राखेका थिए । पदस्थापन कार्यक्रममा विभिन्न क्लबका अध्यक्ष एवं पदाधिकारीहरूको सहभागिता रहेको संस्थाले जनाएको छ ।

नवगठित पदाधिकारीहरूमा भाइस प्रेसिडेन्टमा अमृता हुमागाईँ पराजुली, इमिडेट पाष्ट प्रेसिडेन्टमा निर्मला निरौला खड्का,सेक्रेटरीमा दिछेन शेर्पा,ट््जेररमा आशा उप्रेती पोखरेल, आइ एस ओमा लिना राई श्रेष्ठ, एडिटरमा शारदा सुवेदी पराजुली, एक्जु्केटीभ मेम्बरमा प्रभा ढकाल र डा. गीता श्रेष्ठ चयन भएका छन । अन्य सदस्यहरूमा क्रमशः कुसुम अधिकारी पराजुली, रिता अग्रवाल, निता श्रेष्ठ, जानकी पोखरेल, प्रनिता कोइराला, रेखा बराल पोखरेल, मोनिका अर्याल, शिला आचार्य, पूजा ढकाल, मन्दिरा निरौला, स्मृति वर्मा र अनिता मानन्धर रहेका छ ।  

सम्बन्धित समाचार