२०८३ असार ३ गते , बुधबार
करेन्ट लागेर महिलाको मृत्यु
मोरङको बेलवारी नगरपालिका–७ हल्दिबारीमा ५१ वर्षीया पन्तिदेवी चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । हिजो साँझ ७ बजे आफ्नै घरमा टिनको छानामा राखेको फलामको रड निकाल्ने क्रममा अचानक करेन्ट लागेर उनी घाइते भएकी थिइन् । उनलाई उपचारको लागि विराट टिचिङ अस्पताल विराटनगर लगिएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषित गरेका थिए । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलवारीबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।