२०८३ असार ३ गते , बुधबार
माछा मार्ने क्रममा करेन्ट लागेर झापामा एकजनाको मृत्यु
झापाको दमकमा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । इलाम सूर्योदय नगरपालिका-१३ लक्ष्मीपुर घर भई हाल दमक नगरपालिका–३ धिमाल टोलका तेजबहादुर धिमालको घरमा बस्दै आएका १९ वर्षीय मौसम राईको करेन्ट लागेर मृत्यु भएको हो ।
सोमबार दिउँसो २ बजेको समयमा घरदेखि अन्दाजी ३० मिटर पश्चिमपट्टि रहेको खोल्सीमा घरबाट बिजुलीको तार जोडी करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर राई घाइते भएका थिए । उनलाई उपचारको लागि दमक आम्दा अस्पताल लगिएकोमा उपचारका क्रममा दिउँसो ३ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ