२०८३ असार ३ गते , बुधबार
भद्रपुरका ज्येष्ठ, विपन्न तथा एकल महिलाहरूलाई साडी वितरण
भद्रपुर । भद्रपुरका ज्येष्ठ, विपन्न तथा एकल महिलाहरूलाई नेपाली काँग्रेस ६ नम्बर वडा कार्य समितिले ४२ थान साडी वितरण गरेको छ । वडा कार्य समितिले बिपी कोइरालाको ४२औँ स्मृति दिवसको अवसरमा ज्येष्ठ, विपन्न तथा एकल महिलाहरूलाई दोसल्ला ओढाएर साडी वितरण गरेको हो । वडा कार्य समितिका अध्यक्षता महतलाल राजवंशीको अध्यक्षता तथा क्षेत्रीय सभापति गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा
नगर सभापति राम बहादुर कँडेल, महासमिति सदस्यहरू विजय रिजाल, शर्मिला अधिकारी, पूर्व महासमिति सदस्य हरेकृष्ण घोष, तरुण दल केन्द्रीय सदस्य श्याम सिटौला, क्षेत्रीय सदस्य रतिया राजवंशी, प्रदेश प्रतिनिधि अजय साहेवाला, रासविस अध्यक्ष उत्तम कुमार राजवंशी लगायतको उपस्थितिमा रहेको थियो । स्वागत मन्तव्य मन्दिप राजवंशीले राखेको कार्यक्रम सञ्चालन राजा मण्डलले गरेका थिए ।